Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पुँजी बजार सुधारको माग राख्दै लगानीकर्ताले देउवालाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सेयर लगानीकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार लगायतले पुँजी बजार सुधारको माग राख्दै देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

त्यस्तै, नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसहित अन्य लगानीकर्ताहरू पनि सहभागि थिए ।

उनीहरूले देउवालाई हालको पूँजी बजारको स्थितीको बारेमा अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् ।

सोही क्रममा लगानीकर्ताहरूको ३ वटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077