Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खोला नतरे स्कुल जान पाइँदैन

    खोला नतरे स्कुल जान पाइँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 684
    SHARES

    कपिलवस्तु । बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो ।

    चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षाको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल र पुल नहुँदा खोला तर्नैपर्ने बाध्यता छ ।



    गाउँपालिकाको दालपुर, नौरंगया, छुट्पाटी, खजानिया, उज्ज्वलपुरका बालबालिका दैनिक खोला नतरे स्कुल जान पाउँदैनन् । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीयको भनाइ छ ।



    कक्षा ६ मा अध्ययनरत विद्यार्थी बन्दना पालले खोला तर्दा समय लागेकै कारण कैयौंपटक कक्षामा समयमा उपस्थित हुन नसकेको बताइन् । खोला तर्दा कहिलेकाहीँ त किताब भिज्ने र बगाउने गरेको सुनाइन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार