Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्कुलबाट घर फर्किने क्रममा खोलामा बगेर विद्यार्थीको मृत्यु

    स्कुलबाट घर फर्किने क्रममा खोलामा बगेर विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको गोदावरी नगरपालिका-१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीय गीता खत्रीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको हो ।



    उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार