Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

धनगढी । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरेको हो ।

धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका दीपेशको साथबाट ५ ग्राम लागुऔषध खैरोहिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077