Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिनाथमा सुनको जलहरी : तथ्य एउटा, बहस अर्कै

काठमाडौं । पशुपतिनाथमा सुनको जलहरी राखिएको विषयलाई लिएर भएको बहस आरोप प्रत्यारोपमा पुगेको छ। सुनको जलहरीको विषय संसद्मै उठेपछि शुक्रबार बैठक अवरुद्ध भयो तर सुनको जलहरीको सन्दर्भमा तथ्य एउटा र बहस अर्कै भएको देखिएको छ।

सुनको जलहरीको सन्दर्भमा आएका सूचना तथ्यभन्दा फरक भएको देखिएको छ। सुनको जलहरी बनाएर मुचुल्का उठाउने क्रममा भएको परिमाणात्मक त्रुटिका कारण यो विषय विवादित बनेको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले १०८ किलोग्राम सुनको जलहरी निर्माणका क्रममा कुनै गडबडी नभएको बताए । उनले भने, “२४ सै घण्टा नेपाली सेनाको टोलीको निगरानीमा जलहरी बनाइएको हो। नेपाल राष्ट्र बैङ्कबाट सुन खरिददेखि जलहरी मन्दिरमा लगेर प्राणप्रतिष्ठा गरिन्जेल सेनाको टोलीले एकछिन पनि छोडेको छैन, अनि कसरी सुन हराएको हल्ला गरिँदै छ ?”

नेपाली सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अन्य निकायजस्तै नेपाली सेनाको टोली पनि जलहरी बनाउँदा खटिएको बताए । उनले भने, “सेनाको टोली राष्ट्र बैङ्कबाट सुन किनेर निर्माण सम्पन्न हुँदासम्म खटिएको हो। अरू विषय चाहिँ बुझ्नैपर्छ।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077