Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको हो ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानले सकुशल अवतरण गरेको छ । विमानमा १५६ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077