Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आयो : पूर्वराजा ज्ञानेन्द्र

    अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आयो : पूर्वराजा ज्ञानेन्द्र

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 690
    SHARES

    सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताएका छन् ।

    शनिवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।



    पूर्वराजा शाहले कसैको अगाडि लम्पसार परेर बाच्नु आफ्नै अपमान भएको टिप्पणी गरे । पूर्वराजा शाहले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताए ।



    पूर्वराजा शाहले भने, ‘हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अङ्गाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ।’

    पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए ।

    उनले राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो भएको उल्लेख गर्दै नेपालको पिर मर्का बुझ्न नेपाली मनले मात्र सक्ने बताए। पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए ।

    उनले अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार