Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको प्रधानमन्त्री प्रचण्डको स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम ल्याउने विषयमा परम्परागत शैलीमा परिवर्तन गर्न नसकेको स्वीकार गरेका छन् ।

नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले अहिले कार्यशैलीमा परिवर्तन गर्न सम्भव नभएको बताएका हुन् ।

उनले समयको चापका कारण नीति तथा कार्यक्रममा आफू सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यतामा पुगेको बताए ।

उनले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको स्वीकार गरे । प्रतिपक्ष दलहरूले पनि नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077