Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विपक्षी दलहरुको चर्को विरोधका बीच नयाँ संसद भवन उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेद्र मोदीले आज भारतको नयाँ संसद भवन उद्घाटन गर्दैछन् ।

विपक्षी दलहरुको चर्को विरोधका बीच नयाँ दिल्लीको पुरानो संसद भवनकै छेउमा बनेको अत्याधुनिक भवन आज प्रधानमन्त्री मोदीले उद्घाटन गर्न लागेका हुन् ।

नयाँ संसद भवनको उद्घाटन समारोह स्थानीय समयअनुसार बिहान साढे ७ बजे सुरु भइसकेको छ । यो समारोह दिउँसो साढे १ बजे सम्पन्न गर्न समय तालिका छ।

उद्घाटन समारोहमा प्रधानमन्त्रीले हवन–पूजन गर्ने, प्राथना सभा गर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको लिखित सन्देश सुनाउने, प्रधानमन्त्री मोदीले भारु ७५ को सिक्का जारी गर्ने लगायतका कार्यक्रम तय गरिएको छ।

राष्ट्रपतिले उद्घाटन गर्नुपर्ने नयाँ संसद भवन प्रधानमन्त्री आफैले उद्घाटन गर्न लागेको भन्दै विपक्षी दलहरुले चर्को विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077