Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनबहादुर मास्कीले विनियोजन विधेयक प्रस्तुत गरेका छन्।

आगामी आर्थिक वर्ष ०८०/८१ को विनियोजन विधेयक सभामा छलफल गरियोस्, भनी मन्त्री मास्कीले विधेयक प्रस्तुत गरेका हुन्।

दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सवलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताएका छन्।

प्रस्तुत विधेयकमाथि जेठ १५ सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077