Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँचौँ पटक आईपीएलको उपाधि

काठमाडौं । चेन्नइ सुपर किंग्स पाँचौँ पटक इण्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ ।

गएराति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा गुजरात टाइटन्समाथि ५ विकेटको जित निकाल्दै चेन्नइले उपाधि जितेको हो ।

वर्षाले पटकपटक वाधा गरेको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले१६ औँ ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाउँदा डीएल मेथडबाट ५ विकेटको जित निकाल्यो । चेन्नइले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077