Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाली महिला टिमले मलेसियालाई ७ विकेटले हरायो

    नेपाली महिला टिमले मलेसियालाई ७ विकेटले हरायो

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 615
    SHARES

    काठमाडौं । पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो खेलमा जित हासिल गरेको छ ।

    मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।



    मलेसियाले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।



    नेपालका लागि रुबिना क्षेत्रीले अविजित २९ रन बनाइन भने कबिता कुवँरले २६, सिता राना मगरले २३, बिन्दु रावलले १७ रन बनाएकी थिइन् ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनाएको थियो ।

    मलेसियाका लागि मास एलिसा यसमिनले २८, विनिफ्रेड आने दुराइ र वान जुलिया वानले २०-२० रन बनाएका थिए । त्यस्तै ऐना हामिजाहले अविजित १४ रन बनाएकी थिइन् ।

    यसअघि सोमबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थियो ।

    जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार