Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टी-२० अन्तराष्ट्रिय सिरिज : मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

    टी-२० अन्तराष्ट्रिय सिरिज : मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 792
    SHARES

    काठमाडौं । पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले खराब ब्याटिङ गरेको छ ।

    मलेसिया भ्रमणमा रहेको नेपाली टोली ५० रनमा अलआउट भएको हो । झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो ।



    तर घरेलु टोलीलमलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पूरै ओभर समेत क्रिजमा टिक्न सकेन र १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भयो । नेपालका लागि यसै खेलबाट डेब्यु गरेकी सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा विकेटकिपर ज्योती पाण्डेले ११ रन जोडिन् ।



    यस्तै युवा खेलाडी कृतिका मरासिनीले पनि यसै खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरिन् । सम्झना र कृतिका पहिलो पटक सिनियर टिममा परेका हुन् । कृतिका शुन्यमा अविजित रहिन् ।

    नेपाललाई अलआउट गर्न मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार