Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • महिला टी–२० क्रिकेटमा मलेसियामाथि नेपालको जित

    महिला टी–२० क्रिकेटमा मलेसियामाथि नेपालको जित

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेलमा जित हासिल गरेको छ ।

    मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा पाहुना टोली नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो ।



    नेपालले दिएको १११ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ८३ रन मात्र बनायो र खेल २७ रनले हारेको छ ।



    मलेसियाका लागि माहिराह इज्जति इस्मैलले सर्बाधिक ४४ रन बनाइन भने विनिफ्रेड दुराइले २० रन बनाएकी थिइन् ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन बनाएको थियो ।

    नेपालका लागि रुबिना क्षेत्रीले सर्बाधिक २७ रन बनाइन भने ज्योति पाण्डेले २३, सित राना मगरले २१ र इन्दु बर्माले २० रन बनाएका थिए ।

    जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २१ को अग्रता लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार