Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज हङकङ जाँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम

    आज हङकङ जाँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज हङकङ प्रस्थान गर्दैछ । हङकङमा हुने चारदेशीय शृंखला खेल्न टोली दिउँसो ३ः४५ बजे त्यसतर्फ उड्ने छ ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुुसार शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।



    शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ ।



    नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार