Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मलेसियाविरूद्ध खेल्ने नेपाली महिला क्रिकेट टीमको घोषणा

    मलेसियाविरूद्ध खेल्ने नेपाली महिला क्रिकेट टीमको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मलेसियासँगको श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरिएको छ ।

    बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको ५ खेलको टी २० शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा अन्तिम १४ जनाको टिम घोषणा गरेको हो ।



    सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुहार समावेश गरेका छन् ।



    नेपाली टिमको प्रशिक्षकमा सामसन जंग थापा रहेका छन् । नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्नेछ ।

    नेपाली टिम

    रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दू रावल, अप्सरी बेगम, कजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे र सरस्वती चौधरी ।

    प्रशिक्षक – सामसन जंग थापा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार