Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

धादिङ । गत शनिबार धादिङको त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

भक्तपुरका २४ वर्षीय रोमसिंह ठकुरीको शव आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको हो ।

उनी गत शनिबार बिहान साढे ११ बजे गजुरी गाउँपालिका-५ घाटबेसीस्थित नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका उनको खोजी गर्नेक्रममा ४ किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ठकुरी साथीहरूसँग घुम्न त्रिशुली पुगेका थिए। त्यसक्रममा उनलाई नदीले बगाउँदा बेपत्ता भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077