Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक वर्षपछि सौगात र सृष्टि अभिनीत फिल्म ‘राधा’ पुनः रिलिज हुँदै

    एक वर्षपछि सौगात र सृष्टि अभिनीत फिल्म ‘राधा’ पुनः रिलिज हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 822
    SHARES

    काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ।

    गतवर्ष भदाै १० गतेदेखि प्रदर्शन भएको फिल्म शो बाँडफाडमा भेदभाव गरेको भन्दै निर्माताले फिल्मलाई हलबाट उतारेका थिए। अब, यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।



    फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्देशक थापाले नयाँ प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।



    सृष्टि श्रेष्ठमा केन्द्रित ‘राधा’मा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको पनि अभिनय रहेको छ ।

    सौगात मल्ल तथा निर्देशक थापाको संयुक्त लगानीमा यो फिल्म बनेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार