Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा- द रुल’को नयाँ टिजर सार्वजनिक

    अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा- द रुल’को नयाँ टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । प्रतिक्षित भारतीय फिल्म ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ।

    सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो।



    करिब १ मिनेट ८ सेकण्ड लामो टिजरमा अल्लुलाई आफ्नो पहिलो भागभन्दा बिल्कुलै फरक अवतारमा प्रस्तुत गरिएको छ।



    टिजरमा पुष्पालाई एक्सन गर्दै गरेको देख्न सकिन्छ। आफ्नो स्टाइलपूर्ण अभिनयका लागि प्रशंसकमाझ चर्चित अल्लुको यो सिनेमामा १५ अगस्टमा रिलिज हुँदैछ।

    सिनेमाले अघिल्लो संस्करणले गरेको ३ सय ७३ करोड भारुको कमाइलाई सहजै तोड्ने अनुमान गर्दै आइएको छ।

    सुकुमारको निर्देशनमा बनेको सिनेमामा अल्लुका अलावा रश्मिका मन्दाना तथा फाहद फासिलको प्रमुख भूमिका रहनेछ।

    अघिल्लो सिक्वल भन्दा यो सिक्वल मेकिङका हिसाबले अझ उच्च रहने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार