Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीपले अदालती प्रक्रियाका कारण अफ्रिका नजाने निर्णय गरेसँगै नेपाली राष्ट्रिय टीम सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।

विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन् । तर सन्दीपविनाको टीम आजै बेलुकी त्यसतर्फ उड्दैछ ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

नेपालले जिम्बाबेमै विश्वकप छनोटअघि ओमान र यूएईसँग अभ्यास खेल खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077