Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमार्फत नागरिकता विधेयक मोदीलाई उपहार दिए : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नागरिक विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको बताएका छन् ।

अध्यक्ष थापाले राष्ट्रपतिबाट प्रधानमन्त्रीको भारत भ्रमणकै दिन विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरिनु नरेन्द्र मोदीको पाउमा उपहार चढाइएको बाहेक अरु कुनै कारण नरहेको बताएका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रप्रति बेईमानी भएको टिप्पणी गरे ।

अध्यक्ष थापाले सामाजिक संञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो। राष्ट्रप्रति बेईमानी हो।’

तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी बताउँदै उनले अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिना अघि निष्क्रिय भइसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको धारणा राखे।

प्रधानमन्त्रीले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न पाउने संवैधानिक अधिकार रहे पनि विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्‌बाट निर्णय गरेर राष्ट्रपतिलाई भेटेरै आग्रह गरिनु असंवैधानिक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077