Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शंकर पोखरेलको प्रश्न - भारत भ्रमणको पूर्वसन्ध्यामा विधेयक प्रमाणिकरण गर्न के आइलाग्यो ?

काठमाडौं। नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

निष्क्रिय भएको विधेयक राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेर प्रमाणित गरेको भन्दै  उनले आपत्ति जनाएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणको पूर्वसन्ध्यामा नै नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै प्रश्न समेत गरेका छन् ।

पोखरेलले प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उलंघन, जनादेशको उपेक्षा गरेर निष्कृय विधेयकलाई प्रमाणिकरण गर्न मिल्छ भन्दै आक्रोश व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077