Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लोसपाले भन्यो- नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य छ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपालले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ राष्ट्रपतिबाट प्रमाणीकरण भएकामा धन्यवाद दिएको छ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हम काम गर्नेछ र समग्रतामासमेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ। यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077