Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाह्रखम्बास्थित नेपाली दूतावास पुगेका छन् ।

प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा आयोजित रात्रिभोजमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड दूतावास पुगेका हुन् ।

रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली समुदाय, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री दाहाल होटल मौर्यमा बसेका छन् । दूतावास आउनु अघि प्रधानमन्त्री दाहालले अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रा सँग होटेलमै भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077