Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागरिकता विधेयक र सांसद विकास कोषबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।

राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।

पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्। व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077