Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हेटौंडाकी एक महिलाले १८ महिने र ७ वर्षिया छोरालाई विष खुवाइन, आफूले पनि सेवन गरिन

    हेटौंडाकी एक महिलाले १८ महिने र ७ वर्षिया छोरालाई विष खुवाइन, आफूले पनि सेवन गरिन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरालाई विष खुवाएर आफूले नि सेवन गरेकी छन् । विष सेवन गरेर आत्महत्या प्रयास गरेकी उनको सकुशल उद्दार गरिएपनि एक नाबालकको ज्यान गएको छ ।

    हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ ।



    विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो ।

    गम्भीर रहेका १८ महिने नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी) मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    एसपी गौतमका अनुसार आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

    प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको छ । विष खाएको बारे अन्य विवरण खुलीनसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार