Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बलात्कारपछि विष खुवाएर हत्या गरेकाे आरोपमा एक जना पक्राउ

    बलात्कारपछि विष खुवाएर हत्या गरेकाे आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । २२ वर्षीया युवतीलाई बलात्कारपछि विष खुवाएर हत्या गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँ रहेका प्रहरीले जनाएकाे छ ।



    २०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको जंगलमा ती महिलालाई बिवाह गर्छु भनी ललाई फकाई जवरजस्ती करणी गरी बिषादी खुवाएका थिए ।



    इलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा अभियुक्त खाँलाई गत शनिबार गाउँघरबाट पक्राउ गरेको हो ।

    जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार