Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता पुगे सर्वोच्च अदालत

    राष्ट्रपतिको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता पुगे सर्वोच्च अदालत

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीतको कदम भएको भन्दै त्यसलाई रोक्न मागसहित रिट लिएर दुई वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् ।

    पुरानो राष्ट्रपतिले रोकेको विधेयक नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने तर्क गर्दै उनीहरु पुगेका अदालत हुन् ।



    वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध मुद्दा दर्ता गरेका छन् ।



    रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार