Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालको चाहनामा खासै सम्बोधन नभएपनि भारतले चाहेको विषयमा आँखा चिम्लेर सहमति भयो : पोखरेल

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत प्रतिकृया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहनाको सम्बोधन हुन नसकेको दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्बोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर, पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता।’

प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपाल भारतबीच ७ वटा सम्झौता भएका छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077