Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९ औं एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना

काठमाडौं । चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा शुक्रबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सचिवालयको उद्घाटन गरे ।

सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने भन्दै स्वार्थभन्दा मागी उठेर काम गर्नुपर्नेमा जोड दिए ।

आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदैछ । एसियन गेम्समा नेपालको २९ खेलमा सहभागिता रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077