Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत, को-को परे ?

काठमाडौं । नेकपा एमालेले १३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

यी हुन् केन्द्रीय कमिटीमा मनोनीत

मुकुन्द न्यौपाने

प्रेमबहादुर सिंह

भागवत विश्वासी

चुडामणि जंगली

हेमराज राई

ठम्बर विष्ट

उमाशंकर अरगरिया

अजय गुप्ता

एकवाल मिया

गणेश खनाल

प्रेम तामाङ

यमबहादुर परियार

सुरेन्द्र मानन्धर

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077