काठमाडौं । नेकपा एमालेले १३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।
यी हुन् केन्द्रीय कमिटीमा मनोनीत
मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर