Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नागरिकता विधेयकबारे सभामुख घिमिरेले गरे पूर्वसभामुख र पूर्वमहान्यायाधीवक्तासँग छलफल

    नागरिकता विधेयकबारे सभामुख घिमिरेले गरे पूर्वसभामुख र पूर्वमहान्यायाधीवक्तासँग छलफल

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 948
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा शनिबार पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका छन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट, अग्निप्रसाद सापकोटा, पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्राडा भरतबहादुर कार्कीसँग सभामुख घिमिरेले सो विषयमा छलफल गरेका हुन् ।



    सभामुखको सचिवालयका अनुसार दुवै पूर्वसभामुखले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिए ।



    पक्ष/विपक्षमा राजनीतिक दलहरुले नै बहस गर्ने बताउँदै उनीहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार