Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधपछि नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।

आईतबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एमालेले सरकारको जवाफ माग्दै बैठकमा अवरोध गरेको हो ।

अवरोधपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077