Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन ।

मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएपनि समय अभावले आइतबार पनि हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन मुद्दामाथि सुनुवाइ नभएपछि ुहेर्न नभ्याइनेु सूचीमा राखिएको थियो।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् । उनलाई जिल्ला अदालत कैलाली,उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन्।

२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077