Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई

काठमाडौं । सहिद स्मारक 'ए'डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी खेल्यो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।

यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले 'ए' डिभिजन लिगमा बढुवा भएकै सिजन 'ए'डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले 'बी' लिगबाट बढुवा भएकै सिजन 'ए' डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ ।

मनाङले २०४२ सालमा 'बी' लिग र ०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077