Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिदी बहिनीमाथि सामूहिक करणी गरेको आरोपमा पाँचजना पक्राउ

    दिदी बहिनीमाथि सामूहिक करणी गरेको आरोपमा पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    दाङ । प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । दुई बालिकालाई सामूहिक जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई नाबालकसहित पाँचजना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का १६ वर्षीय दुई बालकका साथै १८ वर्षीय दिलसान अहमद, गढवा–५ का २० वर्षीय सुहेल खान र शिवराज नगरपालिका–११ मैतहवा स्थायी घर भई हाल गढवा गाउापालिका–६ बस्ने ३० वर्षीय जादिव अली नाउ छन् ।



    राप्ती गाउँपालिकाकी १४ वर्षीया र १२ वर्षीया दिदी बहिनीलाई जेठ १४ गते लमही नगरपालिका–५ स्थित एक केटाको कोठामा लगेर पाँच जनाले बलात्कार प्रयास गरेको जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेकाहरू माथि दाङ जिल्ला अदालत मार्फत जबर्जस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको बतायउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार