Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुममा भेटिएका १२ वटा बम नेपाली सेनाद्वारा डिस्फोज

रुकुम पश्चिम । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो । ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077