Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशले अखण्ड भारतको नक्साबारे भारतसँग स्पष्टीकरण माग्ने

एजेन्सी । बंगलादेशले भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नक्सामाबारे स्पष्टीकरण गाग्ने भएको छ ।

बंगलादेशले भारतको नयाँ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको हो।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका छन् ।

प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको छ ।

भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077