Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठमेलमा कुटपिट गरी युवतीको हत्या, प्रेमी पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।

तामाङको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ।

उनीहरूबीच आपसी विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरू डेरा लिएर ठमेलमा ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077