Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेटबारे माधव नेपालको प्रतिक्रिया - तीन जिल्लामा मात्र केन्द्रित भयो भन्ने सुनेको छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको बारेमा सरकारसँग जवाफ माग्ने बताएका छन्।

बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका हुन्।

आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ । अध्यक्ष नेपालले  प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताउँदै सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने बताए ।

‘बजेटजति सबै डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँ,' उनले भने, 'त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र यसो गर्न नमिल्ने थियो । बुझ्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077