Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रभु बैंकमा सिइओ शेरचनको लापरबाही, एकैपटक ४० करोड रकम गुम्यो !

    प्रभु बैंकमा सिइओ शेरचनको लापरबाही, एकैपटक ४० करोड रकम गुम्यो !

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 17.3K
    SHARES

    काठमाडौं । प्रभु बैंकको सिस्टममा ठुलो खराबी देखिएको छ। बैंकको व्यवस्थापकीय लापरबाहीका कारण  ४० करोड रकम गायब भएको छ ।सर्वसाधरणले अनलाइन मार्फत कारोबार गर्दा बैंकले व्यवस्थापन गर्न नसकेपछि सयौँ सर्वसाधरणको खातामा लाखौँ रकम ट्रान्स्फर हुन पुगेको वताइएको छ। कतिपयले रकम निकालेर आफूखुसी चलाएका छन् ।

    बैंकको टेलिफोन नम्बर ०१—०४७८८५०९ मा सम्पर्क गरेर यस विषयमा प्रतिक्रिया लिँदा एक घण्टाका लागि सिस्टममा खराबी आएर सर्वसाधरणको खातामा रकम गएको जानकारी दिइएको छ । फिर्ता हुने क्रम जारी रहेको वताइए पनि अहिलेसम्म कति रकम फिर्ता भयो भन्ने खुलेको छैन।



    मोबाइल बैंकिङ्ग शाखाले भने रकम फिर्ता नगर्नेलाई प्रहरीमा उजुरी दिएर पक्राउ गर्ने भन्दै धम्की दिने गरेको एक सेवाग्राहीले वताए।



    प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ )अशोक शेरचनको  निर्देशनमा बैंकको कमजोरी र लापरवाहीलाई लुकाएर अनलाइन मार्फत कारोबार गर्नेहरुलाई धम्की दिने गरिएको छ।

    खाताबाट रकम फिर्ता नगर्ने सर्वसाधरणलाई प्रहरी लगाएर थुन्ने प्रभु बैंकको तयारी छ । तर, लापरबाहीमा संलग्नमाथि भने हालसम्म कुनै कारबाहीको तयारी गरेको छैन ।

    स्रोतका अनुसार सोमबार र मंगलबार निरन्तर यस्तो समस्या आएको हो ।  लापरबाहीका कारण बैंकको ४० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । त्यसमध्ये कही रकम उठेपनि हालसम्म करोडौँ रकम उठ्न सकेको छैन ।

    बैंकको ४० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बारेमा सिइओ अशोक शेरचनसँग प्रतिकृयाका लागि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

    प्रभु बैंककी प्रमुख अपरेटिङ्ग अफिसर रश्मी पन्तको व्यवस्थापकीय कमजोरीका कारण नै बैंकको करोडौ रकम  गुमेको स्रोत बताउँछ ।

    पन्तलाई सिइओ  शेरचनको संरक्षण रहेको छ । शेरचनकै संरक्षणप्राप्त पन्त असक्षम भएपनि सिओओको रुपमा कार्यरत छिन् । पन्तका जति कमजोरी भए पनि शेरचनले कारवाही गर्नुपर्नेमा उल्टै पुरस्कृत गरी बढुवा गर्दै आएका छन्।

    राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने उक्त विषय जानकारीमा नआएपनि आफूले बुझ्ने र कारवाही थाल्ने वताए ।

    केही वर्ष अघि प्रभु बैंकका सिइओ अशोक शेरचन आफैले सहायक कम्पनी खडा गरि अर्बौ ऋण अपचलन गरेको प्रकरणमा राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानमा तानिए पनि शक्ति केन्द्रहरुको दबाबका कारण उनीमाथि छानविन हुन सकेको छैन ।

    शेरचनले बैंकबाट ऋण अपचलनकै लागि सेटिङमै आफन्त र नातागोताका व्यक्तिलाई राम जानकी हेल्थ फाउण्डेसन प्रालिद्वारा सञ्चालित जानकी मेडिकल कलेजको नेतृत्वमा लगेर करोडौ रकम हिनामिना गरेका थिए।

    जुन प्रकरणमा राष्ट्र बैंक जानकार रहेपछि सिइओ अशोक शेरचनलाई कारबाही गर्नुको सट्टा राष्ट्र बैंकले नै संरक्षण गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार