Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल पछाडिबाट खसेर महिलाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय भजनीका अनुसार उनी सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा५६प ४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् ।

जानकीदेवी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकी भन्ने ठाउँमा खसेकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077