Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

    राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    दैलेख । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको छ ।

    दैलेखको भैरवी गाउँपालिका वडा नं. १ दारेघाटको जंगलमा बस्दै आएका शाहीको बुधबार बिहान निधन भएको हो ।



    भैरवी गाउँपालिकाले उपलब्ध गराएको परिचयपत्रमा कर्णबहादुर शाहीको जन्ममिति १९८९ वैशाख १२ गते उल्लेख रहेको छ । जसअनुसार कर्णबहादुरको उमेर ९१ वर्ष पुगेको थियो ।



    राउटे परियोजनामा आबद्ध शिक्षक लालबहादुर खत्रीका अनुसार राउटे समुदायको संस्कारअनुसार बुधबार बिहानै कर्णबहादुरको अन्त्येष्टि गरिएको छ ।

    राउटे समुदायका सदस्यको निधन भएपछि बाँदर मार्न प्रयोग गर्ने जालमा राखेर खाल्डोमा गाड्ने संस्कार रहेको छ।
    शवलाई गाड्दा बस्तीका हरेक घरबाट धान, चामल, नयाँ कपडाको टुक्रालगायतका सामग्री चढाउने चलन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार