Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुईजनालाई सात वर्ष कैद

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुईजनालाई सात वर्ष कैद

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1K
    SHARES

    सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनजनालाई कैद र जरिवाना तोकेको छ। यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

    यौन दुव्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको अदालतले जनाएको छ ।



    उनले चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फौसलामा उल्लेख छ । जेल सजाय र जरिवाना तोकिएका तीनैजनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।



    सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका बेला राउटे समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार भएका थिए । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार