Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार, शिक्षक पक्राउ

    कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार, शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित विषयका शिक्षक हुन् ।



    नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले आज जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।



    जबरजस्ती करणीको कसुरमा जाहेरी दिएसँगै प्रहरीले शिक्षक परियारलाई हात्तीवनबाट पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार