Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • किशोरीहरुलाई बन्धक बनाएर यौन शोषण, चिनियाँ नागरिक पक्राउ

    किशोरीहरुलाई बन्धक बनाएर यौन शोषण, चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा चीनको फुजिन सी मेन घर भएका ४९ वर्षीय याङ लिमिङ पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको छ ।



    कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको समेत ललितपुर प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध जबर्जस्ती करणीको कसूरमा अनुसन्धान गर्न आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट थुनामा राख्न म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार