Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तीस लाख रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

    तीस लाख रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अवैध रकमसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।



    चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका उनीहरुलाई आज राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार