Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपल्लो मुस्ताङबाट दुई चिनियाँ र एक भारतीय नागरिक पक्राउ

    उपल्लो मुस्ताङबाट दुई चिनियाँ र एक भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 4.7K
    SHARES

    फाइल तस्विर

    मुस्ताङ । बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ नागरिक पक्राउ परेका हुन् ।



    मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतका अनुसार पक्राउ पर्नेमा एक पुरुष र एक महिला छन् । उनीहरू अन्दाजी ३०-३५ वर्ष उमेर समूहका रहेको उनले बताए ।



    सुरक्षाकर्मीले चेकजाँच गर्दा अनुमति नलिएको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीले पक्राउ गरी दुबै चिनियाँ नागरिकलाई जिल्लामा बुझाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङले पक्राउ परेका उनीहरूलाई सुरक्षाकर्मीको रोहवरमा अध्यागमन विभाग काठमाडौं पठाएको बताइएको छ । त्यस्तै अनुमति नलिई गएका एक भारतीय नागरिक पनि पक्राउ पेरका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार