Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बजेटले मुलुकमा चरम निराशा ल्यायो, बजेट खन्याएर मात्रै चुनाव जितिँदैन : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेटले गलत बाटो हिँड्न खोजेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यमा आर्थिक वर्ष २०८०/८१को बजेटमाथि छलफल गर्नेक्रममा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

सांसद पन्तले भने, ‘बजेट आएपछि त आशा उत्साह आउनुपर्ने हो नि। प्रत्येक दिन, प्रत्येक मान्छेले, उद्योगपतिले के भन्छन्, व्यापारीले के भन्छन्, अर्थशास्त्रीले के भन्छन् भनेर पढिरहेको छु। सबैजना भन्छन् यो बजेटले निराशा ल्यायो । हुँदाहुँदा तोरीको तेल, आलु र प्याजको भाउ पनि बढ्यो। उहिलेउहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ।’

खाद्यान्नमा छुट नहुने भएकाले मुलुकमा चरम निराशा भएको उनले बताए। त्यस्तै सांसद पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरे ।

मन्त्रालयगत विनियोजनमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र मात्रै हेरेको सांसद पन्तको आरोप छ । बजेट दिशाहीन रहेको पनि पन्तको भनाइ थियो । यो बजेटले कहाँ पुर्‍याउँछ भन्नेमा आशंका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077