Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस बर्षको मिस वर्ल्ड भारतमा हुने

    यस बर्षको मिस वर्ल्ड भारतमा हुने

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन ।

    दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो । भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ ।



    पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’



    भारतबाट बलिउड अभिनेत्रीहरु ऐश्वर्या राय, प्रियंका चोपडा, मानुषी छिल्लर, युक्ता मुखेले यसअघि मिस वल्र्डको ताज जितेका छन् । मिस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व मिस नेपाल २०२२ प्रियंकारानी जोशीले गर्दैछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार